राजधानी माग गर्दै धनकुटामा पनि आमहडताल

बुधबार, ०३ माघ २०७४, १३ : ०४
राजधानी माग गर्दै धनकुटामा पनि आमहडताल

धनकुटा । प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।
धनकुटाबासीले केही दिनदेखि मत्थर बनाउँदै लगेको आन्दोलनलाई आजदेखि कडा बनाएका छन् । विभिन्न राजनीति दलका स्थानीय नेताको अगुवाइमा धनकुटाबासीले आमहड्ताललाई प्रभावकारी बनाउने निर्णय गरेका हुन् ।

उनीहरु आज ठाउँगाउँमा प्रदर्शन गर्दै प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउनुपर्ने माग गरेका छन् । पर्याप्त पूर्वाधार हुँदाहुँदै सरकारले धनकुटालाई प्रदेश राजधानी बनाउन आनाकानी गरिहेको भन्दै उनीहरुले सरकार विरोधी नारा लगाएका छन् ।
आमहड्तालका कारण धनकुटाका यातायात, कलकारखाना, शैक्षिक संस्था र बजार ठप्प भएका छन् । जिल्लाका कुनै पनि सडकमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
धनकुटाका प्रदेशसभा सदस्यहरु निरन राई र ईन्द्रमणी पराजुलीसहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरमका नेताहरुले आमहड्तालको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस