सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्रको टुंगो लगायो, नसोचेका अनुहार

बुधबार, ०३ माघ २०७४, १० : ५१
सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्रको टुंगो लगायो, नसोचेका अनुहार

काठमाण्डौ । नेपाली कांग्रेसभित्रै असन्तुष्टी बढेपछि सरकार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न तयार भएको छ । आज (बुधबार) बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्ने भएको छ ।  सरकारका रहेका दल र तिनैका मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सहमति भएको सञ्चारमन्त्री मोहन बताउनुभयो ।

मोहनबहादुर बस्नेतका अनुसार प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई तोक्ने तयारी भएको छ । उनी माइती नेपालकी संस्थापक अध्यक्ष तथ कांग्रेस निकटद हुनुहुन्छ । प्रदेश १ मा प्राध्यापक गोविन्द सुब्बा र प्रदेश ४ मा बाबुराम कुँवर प्रमुख तोक्ने तयारी भएको छ । यी दुवै जना सार्वजनकि चर्चा बाहिरका मानिस हुन् । प्रदेश ६ मा कृष्णकेशरी खनाल र प्रदेश ७ मा मोहनराज मल्ल लाई प्रमुख तोक्ने तयारी भएको छ ।

प्रदेश २ र ५ मा राजपा र संघीय समाजवादी फोरमले सिफारिश गर्ने व्यक्तिलाई प्रमुख तोक्ने सरकार सम्बद्र स्रोतले जानकारी दियो । प्रदेशको अस्थायी केन्द्रबारेमा विभिन्न विवाद र दलहरुकै बीचमा सहमति नभएपनि आज बस्ने बैठकले तोक्ने बताइएको छ । सरकारी स्रोतका अनुसार प्रदेश १ को विराटनगर , २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी केन्द्र तोकिने भएको छ । प्रदेशको केन्द्रका बारेमा १ नं. प्रदेश, ५ नं. र ७ नंंं. बढ्ता विवाद देखिंदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस