विराट प्रदेश र राजधानी घोषणा माग

मंगलबार, ०२ माघ २०७४, १७ : ०९
विराट प्रदेश र राजधानी घोषणा माग

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् ।

उत्थान समिति केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले १ नं प्रदेशको नाम विराट प्रदेश हुनुपर्ने विगतदेखि नै माग गरिरहेकामा अहिले घोषणा गर्न सम्पूर्ण राजनीतिक दलसँग आग्रह गरे ।

अध्यक्ष राजवंशीले विराट राजवंशी समुदायलाई आदिवासी जनजाति सूचीमा सूचीतकृत गर्न पनि माग गरे । यसैगरी समितिका मोरङ अध्यक्ष प्रदीपकुमार विश्वास राजवंशीले आफूहरुले उठाएका माग पूरा नभएमा आन्दोलन गरिने चेतावनी दिए । विराटनगर महानगरपालिका र आसपासका गाउँपालिकामा विराट राजवंशीको करिब ५५ हजार जनसंख्या छ ।(रासस)

प्रतिक्रिया दिनुहोस