इथियोपिया विमान दुर्घटना : 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा

एजेन्सी

सोमबार, २७ फागुन २०७५, १२ : ३२
इथियोपिया विमान दुर्घटना : 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा

बीबीसी । आइतवार १५७ जनाको ज्यान जानेगरी भएको इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमान अमेरिकी निर्माता कम्पनी बोइङले बनाएको हो ।

उक्त दुर्घटनालाई अक्टोबरमा इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनासँग तुलना गरिँदैछ ।
निर्माता कम्पनीले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ ।

तर विज्ञहरूले इथियोपियन एअरलाइन्सको विमान दुर्घटना हुनुको कारणबारे बोल्नु अहिले निकै अपरिपक्व हुने बताएका छन् ।

त्यही मोडलको विमान गत अक्टोबरमा जाकार्ताबाट उडेलगत्तै दुर्घटना हुँदा त्यसमा सवार १८९ जनाको ज्यान गएको थियो ।

भग्नावशेष छरिएको क्षेत्र कस्तो
आइतवार इथियोपियाली वायुसेवाको विमान दुर्घटना भएको स्थलमा उद्धारकर्ताहरूले भग्नावशेषको खोजी गरिरहेका छन् ।

त्यो विमान इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नाइरोबीतर्फ उडेको केही बेरमै दुर्घटनाग्रस्त हुन पुगेको थियो ।

नक्सा

त्यसमा विभिन्न ३५ देशका यात्रुहरू सवार रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घले त्यो विमानमा आफ्नो सङ्गठनका १९ जना कर्मचारी रहेको बताएका छन् ।

खेत भएको ठाउँमा विमान खस्दा निकै ठूलो खाडल परेको छ। विमानका टुक्रा र यात्रुका सामान निकै ठूलो क्षेत्रमा छरिएका छन् ।

राष्ट्रिय शोक
आइतवार आदिस अबाबानजिकै भएको विमान दुर्घटनापछि इथियोपियामा राष्ट्रिय शोक घोषणा गरिएको छ ।

इथियोपियाली प्रधानमन्त्री अबिय अहमदले दु:खदायी दुर्घटनापछि आफू निकै स्तब्ध भएको बताएका छन् ।

उनले दुर्घटनाको अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिने पनि जनाए ।

यो पनि
इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु
 

प्रतिक्रिया दिनुहोस