चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

यस्तो देखियो डीपीआर निर्माणको कार्य शुभारम्भ

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, १२ : ३६
यस्तो देखियो डीपीआर निर्माणको कार्य शुभारम्भ

चितनव। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आज डीपीआर निर्माणको कार्य शुभारम्भ गरिएको छ । चितवन भरतपुर चौबीसकोठीबाट वृहत हजारौं जनमानसको उपस्थितिमा ¥यालीसहित डीपीआर निर्माणको कार्य शुभारम्भ गरिएको छ । 
भरतपुरको चौबीसकोठीबाट बिहान ११ बजे सुरु भएको विशाल ¥याली भरतपुर–१६ स्थित शान्तिचोक हुँदै क्रिकेट निर्माण स्थल पुगेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र धुर्मुस सुन्तली फाउन्डेशनका सीतारा कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समेत उपस्थिति रहेको थियो ।
रंगशालाको डीपीआर निर्माणको कार्य शुभारभ्भ भएको महानगर प्रमुख दाहालले बताउनुभयो । उहाँले भरतपुर देशकै नमुना सहरहको रुपमा विकसित हुने र रंगशालाले विश्वमै नेपालको गरिमा बढ्ने बताउनुभयो । 


धुर्मुस–सुन्तली फाउण्डेशनले कृषि तथा वन विश्वविद्यालय परिसरभित्र २० बिघा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो ।  रंगशालाको डिपिआर गर्न काठमाडौँबाट ४ सदस्यीय टोली चितवन आइपुगेको छ ।
विभिन्न खेलकुद सघंसस्था, राष्ट्रिय तथा स्थानीय खेलाडी, नागरिक अगुवा, निर्माण समिति तथा सरोकारवालको सहभागितामा डीपीआर निर्माणको शुभारम्भ गरिएको छ । 
फाउन्डेसनका अध्यक्ष धुर्मुसले आजको मितिबाट ६ महिनाभित्र डीपीआर सक्ने लक्ष्य रहेको बताउनुभयो । भरतपुर महानगरपालिका का प्रमुख दाहाल र फाउन्डेसनका अध्यक्ष धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रिय गौरवको आयोजनामा सहयोग गर्न स्वदेश तथा विदेशीमा रहने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आह्वान गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस