मनकामना केबुलकार पोखरा कप : संकटालाई पराजित गर्दै पुलिस क्वाटरफाइनलमा

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, २० : ३८
मनकामना केबुलकार पोखरा कप : संकटालाई पराजित गर्दै पुलिस क्वाटरफाइनलमा

पोखरा । विभागिय टोली नेपाल पुलिस क्लबले प्रतिद्धन्दी संकटा क्लबलाई २–१ ले पराजित गर्दै पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिवार भएको अन्तिम प्रिक्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो । जितका लागि अभिषेक रिजाल र रवि पासवानले १–१ गोलको योगदान दिए ।
भोलि (आईतबार) देखि क्वाटरफाईनलका खेलहरु हुने भएको छ । आईतबार थ्रि–स्टार बिरुद्ध सशस्त्र प्रहरी वलको एपिएफ क्लव बिच खेल हुने भएको एन्फा कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस