काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।
पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आजको खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्।
विश्वकप अगाडि नेपालले अर्को वाम अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछन् ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्नेछ। नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक क्रिकेट खेल्न लागेको हो। नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने तालिका छ। नेपालको खेलको सबै टिकट बिक्री भइसकेको छ।
नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको छ। यो नेपालको तेस्रो विश्वकप यात्रा हो।
विश्वकप खेल्ने नेपाली टिम
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० माघ २०८२, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र कुरासाओको टोली घोषणा
टर्की २४ वर्षपछि विश्वकपमा पुग्न सफल
विश्वकपका लागि इरानलाई अमेरिकामा स्वागत र सुरक्षाको पूर्ण ग्यारेन्टी छ: ह्वाइट हाउस
न्युजिल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा, दक्षिण अफ्रिका पराजित
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित