काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।
उनीहरु चीनको बेइजिङमा भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको व्यापार सम्झौता र समग्र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्नीले चीन–क्यानडा सम्बन्धलाई थप अगाडि बढाउन दुवै देश मिलेर काम गर्न सक्ने बताएका छन्। उनले भने ‘हामी मिलेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्छौँ।’
यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले पछिल्ला महिनाहरूमा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यप्रति सन्तोष व्यक्त गर्दै त्यसबाट सकारात्मक परिणाम आएको बताएका छन्। ‘चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकास विश्वमा शान्ति, स्थिरता, विकास र समृद्धिका लागि अनुकूल हुन्छ,’ सी जिनपिङले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १२ : ३१
लेखकबाट थप