प्रदेश नम्बर ६ को राजधानी माग्दै जुम्लामा निकालियो राँके जुलुस

शुक्रबार, २१ पुस २०७४, १९ : ५२
प्रदेश नम्बर ६ को राजधानी माग्दै जुम्लामा निकालियो राँके जुलुस

सुर्खेत । देशभर प्रदेशको राजधानी माग्दै आन्दोलन भइरहेका बेला जुम्लामा पनि प्रदेश नम्बर ६ को राजधानी माग्दै राँकेजुलुस निकालिएको छ ।

जुम्लालाई राजधानी बनाउन माग राख्दै नागरिक संघर्ष समितिले विहीबारदेखि आन्दोलन थालेसँगै दोस्रो दिन आज (शुक्रबार) राँके जुलुस निकालिएको हो।

पत्रकार महासंघ शाखा जुम्लाको भवनअगाडिबाट निकाएको राँके जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै बजार परिक्रमापछि उच्च अदालत सुर्खेत इजलास जुम्लाको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै संघीय समाजवादी फोरम नेपालका बलिराज शाहीले कर्णालीमा भौतिक संरचनाको अभाव देखाउँदै सरकारले अस्थायी राजधानी सुर्खेतमा तोकेर गल्ती गरेको उल्लेख गरे।

 

 

 

प्रतिक्रिया दिनुहोस