प्रदेश-२ को राजधानी वीरगञ्ज बनाउन माग गर्दै प्रदर्शन

शुक्रबार, २१ पुस २०७४, १० : ४३
प्रदेश-२ को राजधानी वीरगञ्ज बनाउन माग गर्दै प्रदर्शन

वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रदेश नं. २ को राजधानी बनाउनु पर्ने  माग गर्दै प्रदर्शन गरिएको छ । अस्थायी राजधानीको रुपमा जनकपुरलाई अगाडि सारिएदेखि वीरगञ्जमा बिरोध सुरु भएको  हो  ।

बारा, पर्साका कांग्रेस र वाम गठबन्धन निकटका युवाहरुले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै बुधबारबाट वीरगञ्जमा संघर्षका कार्यक्रम सुरु गरेका हुन्  ।

‘वीरगञ्ज संघर्ष समिति’ नाम दिएर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दवावमुलक कार्यक्रम सुरु भएको हो  । हरेक दृष्टिकोणले वीरगञ्ज राजधानीका लागि उपयुक्त भएकोले राजधानी वीरगञ्ज नै हुनुपर्ने माग सहित प्रदर्शन गरिएको तरुण दल बाराका अध्यक्ष लुकेस सिंहले जानकारी दिए ।

संघर्षको कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन वीरगञ्जमा दबाबमुलक र्‍याली निकालिएको माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस