डिम्ब प्रकरणमा ७ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०८२, २० : १३
डिम्ब प्रकरणमा ७ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब बेचबिखन गर्ने प्रकरणमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार सात जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस