काठमाडौँ। सत्तामा रहेका एमाले र काँग्रेसले मंगलबार दिउँसो १ बजे उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव संसदमा दर्ता गर्ने भएका छन्। सोही प्रस्तावमा समर्थन जुटाउन एमाले र काँग्रेसले आफ्ना सांसदहरूलाई अहिले सिंहदरवारमा बोलाएका छन्।
दुवै पार्टीका संसदीय दलको कार्यालयबाट फोनमार्फत सांसदहरूलाई आज बिहान १०:३० बजे सिंहदरबार आइपुग्न भनिएको थियो। सोमबार कांग्रेस संसदीय दलमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूबीच उपसभामुख मगरलाई हटाउने विषयमा कुराकानीसमेत भएको बुझिएको छ।
उनीहरूले दुई तिहाइ पुर्याएर उपसभामुखलाई पदबाट हटाउने तयारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, ११ : १९
लेखकबाट थप