काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।
यसअघि एक सय औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औँ स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रूपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।
केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९-०, श्रीलंकालाई ८-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३-३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४-२ ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०८२, १६ : १९
लेखकबाट थप