टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘कनेक्ट एण्ड मोर्टन एनआरएनए’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिएका हुन।
नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका भट्टराई हाल टोरन्टोमा बसोबास गर्दै आएका छन । उनि सन् २०२० देखि एनआरएनए क्यानडासँग आबद्ध छन । व्यवसायिक पृष्ठभूमिमा उहाँले एलआर इन्टरप्राइजेजका सञ्चालक, सन गोल्ड इनर्जी र तेज ट्रेड एन्ड सप्लायर्सका निर्देशकका रूपमा कार्य गरिरहनु भएको छ । सामाजिक क्षेत्रमा लायन ब्लड बैंकका संस्थापक सदस्य र नेपालिज ब्लड डोनर एसोसिएसन (एनबिडिए) का बोर्ड सदस्यका रूपमा उहाँ परिचित हुनुहुन्छ । साथै, क्यानडामा पर्फेक्ट टाईमिङ् रेष्टुरेन्ट पारिवारिक व्यवसायको रूपमा संचालन गरिरहेका छन।
भट्टराईले ‘कनेक्ट एण्ड मोर्डन एनआरएनए’ भन्ने मूल नारासहित पाँच स्तम्भीय अभियान सार्वजनिक गर्दै एनआरएनए क्यानडालाई पारदर्शी, समावेशी र प्रविधिमैत्री संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए ।
उनले अघि सारेका प्राथमिकतामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै निर्णय प्रक्रिया, आर्थिक कारोबार तथा प्रगति प्रतिवेदनहरूलाई सार्वजनिक गर्ने उल्लेख छ। साथै, नेपाली भाषा र संस्कृति संरक्षणलाई डिजिटल माध्यमबाट विश्वभर प्रवर्धन गर्ने, क्यानाडामा रहेका नेपाली युवाहरुलाई नेतृत्व विकास, रोजगारी र स्टार्टअप लगानीमा समावेश गराउने उनको योजना छ।
महिला सशक्तिकरणमा उहाँले नेतृत्व तालिम, रोजगार प्रवर्द्धन र नेटवर्क विस्तारको माध्यमबाट समावेशी भूमिका बनाउने बताउँदै आएका छन । साथै, आपतकालीन व्यवस्थापन, मानसिक स्वास्थ्य सेवा र जेष्ठ नागरिकका लागि विशेष कार्यक्रमहरू संचालन गर्ने उनका एजेण्डा रहेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल तथा विभिन्न समुदायस्तरका छलफलमा समेत सहभागिता जनाउँदै आफ्नो उम्मेदवारीप्रति जनसमर्थन जुटार्ईरहेका छन । “एनआरएन क्यानडालाई पारदर्शी, युवामैत्री र समावेशी बनाउँदै विश्वभरका नेपालीहरूबीच सहकार्यको सेतु निर्माण गर्नु नै मेरो उद्देश्य हो,” भट्टराईले भने । क्यानडामा रहेका नेपालीबीच निकै लोकप्रिय भट्टराई आफ्नो जित सुनिश्चित भएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, १४ : ५०
लेखकबाट थप