विना निश्कर्ष टुंगियो नेकपा सचिवालय बैठक

शनिबार, ०८ मंसिर २०७५, १९ : २५
विना निश्कर्ष टुंगियो नेकपा सचिवालय बैठक

काठमाडौं । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक विना निश्कर्ष टुंगिएको छ । नेकपाले अझैं पनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउन सकेको छैन । 

केहीदिन यता लगातार पार्टीको सचिवालय बैठक बसेपनि केन्द्रीय सदस्यहरुको कार्यविभाजनको विषय टुंगो लाग्न नसक्दा यो विषय पार्टीभित्र थप पेचिलो बन्दै गएको छ । 

सचिवालय बैठकमा कार्यविभाजनको बारेमा छलफल भएपनि थप गृहकार्य गर्नुपर्ने भन्दै सोमबारसम्मका लागि धकेलिएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि आइतबार थप गृहकार्य गरि सोमबार मात्रै कार्यविभाजनको टुंगो लगाउने निर्णय बैठकमा भएको जानकारी दिए । केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लगाएपछि मात्रै जनवर्गिय संगठनको एकिकरणको प्रयास सुरु गरिने उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस