राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पलाई बुझाए ओहोदाका प्रमाण पत्र

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०८२, १९ : ०३
राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पलाई बुझाए ओहोदाका प्रमाण पत्र

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेका छन् ।

अमेरिकाको राजधानी वासिङटन डिसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेको अमेरिकास्थित नेपाली दूतावासको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।

भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।

प्रतिक्रिया दिनुहोस