काठमाडौँ । सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ गरिएको हो ।
समितिको बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गरेकी छन् । प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ ।
उनले भनिन्, ‘संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गर्दछु ।
संसदीय सुनुवाइ समितिमा आज तीन जना सर्वोच्च अदालतका न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यको नियुक्तिबारे सुनुवाइ प्रक्रिया प्रारम्भ भएको हो । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस भएका छन् । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ शुक्रबार हुने