काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरू कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताएका हुन् ।
उनले सङ्ख्या तोकेरै तालिम दिइयो भने पनि सिस्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पारे ।
सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरूलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरू कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री लामाले सिस्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभए पनि तालिम लिएकाहरू पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पहिला पहिला मन्त्रालय/मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरू त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन ।
उनले राज्य र सरकारलाई जानकारी हुने गरी व्यक्तिगत डाटा सिस्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
मुख्यमन्त्री लामाद्वारा एएफयू र फरेष्ट्री क्याम्पसको निरीक्षण
दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिटमा मुख्यमन्त्री लामा
नीतिगत सुधारतर्फ सरकारले उपलब्धि प्राप्त गर्यो : मुख्यमन्त्री लामा
स्वास्थ्योपचार निःशुल्क गर्नेगरी काम भइरहेको छ : मुख्यमन्त्री लामा
संविधानले सार्वभौम सत्ता जनतामा निहित गरेको छ : मुख्यमन्त्री लामा