चितवन । जिल्लाको पहाडी क्षेत्र मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयलाई जीविकोपार्जनमा सहज भएको छ । अधिकांश चेपाङ्ग समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो ।
इच्छाकामना गाउँपालिका–२ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउन सकेको हो । स्थानीय राष्ट्रिय आधारभूत विद्यालय मायाँटारका प्रध्यानाध्यापक पदमबहादुर प्रजा शक्तिखोर फिस्लिङ् सडक खण्ड निर्माण भएसँगैं यहाँको जीवन सहज भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सडक कालोपत्र भएसँगै सवारीसाधानको समस्या नहुँदा यहाँ उत्पादित तरकारी र अन्य अन्नबालीले सहज रूपमा बजार पाएको छ ।” यहाँ उत्पादन हुने रैथाने प्रजाती बजारसम्म पु र्याउन सक्ने भएपछि आयआर्जन बढेको छ । उहाँले भन्नुभयो, “पहिला बोकेर बजारसम्म पुर्याउनु पथ्र्यो । अहिले गाडीमा हालेर पठाउने गर्छौँ ।”
यहाँ अहिले पाँचवटा बोलेरो सञ्चालनमा रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ती बोलेरो सञ्चालन हुँदा यहाँको उत्पादन फिस्लिङ् बजारदेखि चितवनको शक्तिखोर, रत्ननगरको टाँडी बजार लगायतमा पुग्ने गरेको उहाँले बताउनुभयो । अहिले यहाँका बासिन्दाले निगुरो र काफल बेचेरसमेत कमाउने गरेको उहाँले सुनाउनुभयो ।
वडा सदस्य एकबहादुर गुरूङ्का अनुसार यहाँबाट चल्ने बोलेरोले यहाँका जनतालाई सेवा दिँदै आएका छन् । यातायातको सहजतासँगै यस स्थानमा घरबास कार्यक्रमले पनि यहाँको जीवनस्तरलाईमाथि उठाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सञ्चालनमा रहेका घरबास ९होम स्टे०मा गर्मी छल्नका लागि पर्यटक आउने उपयुक्त स्थान बनेको छ ।”
बोलेरो चालक रमित चेपाङ् बिहानदेखि बेलुकासम्म जुनसुकै समयमा पनि यहाँका बासिन्दाको सेवामा बोलेरो तयार रहने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला पहिला यहाँ उत्पादित थोरै वस्तु बजारमा पुर्याउन कठिन हुने गरेको थियो । अहिले त्यो समस्या छैन ।” गाउँ–गाउँमा पुगेर यहाँका उत्पादनलाई बजारसम्म पुर्याउने काम आफुहरूले गर्दै आएको उहाँको भनाइ छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ पहाडी क्षेत्रमा सडक सञ्जाल पुर्याउन लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको जीवनस्तरमाथि उठाउन यातायातसँगै, पर्यटन, कृषि क्षेत्र प्रवर्द्धनमा हामी लागेका छौँं ।” घरबास ९होमस्टे० प्रवद्र्धनमा पनि गाउँपालिका लागिपरेको उहाँको भनाइ छ ।
सडक सञ्जालले स्थानीय उत्पादन बजार पुर्याउन र सहरी क्षेत्रबाट पर्यटक भित्र्याउन सहज भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सडक सञ्जाल यहाँका जनताको आयस्तर बढाउन निकै राम्रो भूमिका खेलेको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ जेठ २०८२, १२ : ५०
लेखकबाट थप