काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पुष्टि गरे ।
स्रोतका अनुसार, रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीसी) क्यामरामा समेत कैद भएको छ ।‘यद्यपि त्यो त्यति धेरै स्पष्ट छैन, विभिन्न पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने ।
स्रोतका अनुसार, यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेड पाण्डाको छालासहित एक जना पक्राउ