उपसभामुख राना बंगलादेश प्रस्थान

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०८२, १५ : १७
उपसभामुख राना बंगलादेश प्रस्थान

काठमाडौं। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगलादेश प्रस्थान गरेकी छन् ।बंगलादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् । 

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा आइतबार आयोजना गरेको  कार्यक्रममा उपसभामुख रानाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । 

उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रमा देखिएका साझा समस्या र चुनौती, सामाजिक तथा  सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम छ । उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस