धनकुटावासीद्धारा अनिश्चितकालीन धनकुटा बन्दको घोषणा

बुधबार, १९ पुस २०७४, १० : ४५
धनकुटावासीद्धारा अनिश्चितकालीन धनकुटा बन्दको घोषणा

धनकुटा । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग गर्दै अनिश्चितकालीन धनकुटा बन्दको आव्हान गरिएको छ । बन्दको कारण आज धनकुटा बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।

एकसाता अघिदेखि धनकुटालाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै धनकुटावासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

सरकारले विराटनगरलाई प्रदेश १ को राजधानी बनाउने तयारी थालेपछि धनकुटाबासीले विरोध गर्दै आजदेखि अनिश्चितकालीन धनकुटा बन्द बन्दको आव्हान गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस