विराटनगरलाई प्रदेश राजधानी माग गर्दै रिले अनशन शुरु

रासस

मंगलबार, १८ पुस २०७४, १८ : १८
विराटनगरलाई प्रदेश राजधानी माग गर्दै रिले अनशन शुरु

विराटनगर । मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन शुरु गरेको छ ।

विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको रिले अनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद बसेका छन् ।  विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहेनरहने समाजका प्रवक्ता वसिम आलमले बताए ।

प्रतिक्रिया दिनुहोस