काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीमा राखिएको छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
विपक्षी दलहरूले कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध पार्ने तयारी गरेकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा आशङ्का कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के–के छन् कार्यसूची ?
१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ मा प्रिबजेट