काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ ।
कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मङ्गलबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ चैत्र २०८१, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता
कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने
संस्थापन पक्षसँग वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै