काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुदबारे किन अलमल भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगाची चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएको स्मरण गरे । ‘चैत २३ गते भन्ने थियो, फेरि जेठ २३ गते भनिएको छ’ उनले भने ।
कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदबारे अन्योलता रहेको भन्दै उनले यस्तो अन्योलताले कर्णालीबासी र खेलाडीहरूमाथि अन्याय भएको बताए ।
समयमै खेल नहुने र फेरि पनि जेठ २३ गते खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहोर्याउँदै उनले युवातथा खुलकुदमन्त्रीको प्रतिवद्धता स्मरण गरे ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई वटा संसदीय समितिमो बैठकमा उपस्थित भएर चैत २३ गते नै खेलकुद हुने प्रतिवद्धता जनाएको बताए ।
‘त्यो प्रतिवद्धतालाई उहाँ (खेलकुदमन्त्री)ले उल्लंघन गर्नुभएको छ’ उनले भने, ‘म मन्त्रीलाई सदनमा आएर जेठ २३ गते राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ? जवाफको माग गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन