धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पुस २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ ।
पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ ।
माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन रहेको थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा पर्व मनाइन्छ । सो अवसरमा माघ १ गते राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ । त्यसपछि स्थानीय स्तरमा पनि सार्वजनिक बिदा दिइँदै आइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा