काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकताको प्रक्रिया सुरु भएकै बेला कार्यालय कब्जा गरेर गतिविधि गर्दै आएका बद्री केसी यतिबेला जापान पुगेका छन् । एकताका लागि सबैसँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा उनी खलनायकको रुपमा अघि बढेका हुन् ।
जसअनुसार यतिबेला उनी एनआरएनए जापानले आयोजना गरेको कार्यक्रमका लाथि भन्दै जापान पुगेका छन् । तर, उनी जापान पुगेपनि नराम्ररी झड्का लाग्न पुगेको छ । प्रमुख अतिथि भनिएका उनी अनधिकृत अध्यक्ष भएकाले प्रमुख अतिथि नबनाइने भएको छ । यतिमात्रै होइन उनको सहभागिताले एनआरएनए जापानमात्रै नभएर नेपाली समुदाय नै विभाजित बनेका छन् ।
उनी एनआरएनए विरोधी रहेकाले कार्यक्रममै सहभागी गराउन दिन हुँदैन भन्नेहरु छन् भने सहभागी हुने नै भएपनि सामान्य अभियन्ताको हैसियतमात्रै दिनुपर्ने पक्षमा छन् । यही विवादका कारण आयोजकले प्रमुख अतिथि जापानी नागरिकलाई बनाएको छ ।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले बद्री केसीले एकताका लागि वातावरण बनाउन सहयोग गर्नुपर्नेमा गलत समयमा जापान पुगेको प्रतिक्रिया दिए । उनले बद्रीले एकतामा साथ नदिए विश्वभरका नेपाली चुप लागेर नबस्ने भन्दै जापान गएर पनि समाजलाई भाँड्न नहुनेमा चेतावनी दिए ।
एनआरएनएका अर्का अभियन्ता गंगाधर गौतमले बद्रीको हर्कत गलत भएको बताए । ‘एनआरएनएमा पनि ओली राजजस्तो देखियो । बद्रीबाट अराजकता देखियो’, उनले भने, ‘इतिहासलmाई नै सिध्याउनका लागि रसियन पारा र हिसाबमा अधिनायक शैलीमा उनी अघि बढेका छन् । तर संघमा एकताको विकल्प नै छैन ।’
एनआरएनए दर्ता भएको परराष्ट्र मन्त्रालयले नै एकता गराउनु भनेर पूर्वअध्यक्ष शेष घलेलाई पत्र पठाएर प्रक्रिया अघि बढिसकेको अवस्थामा उनले एनआरएनए भाँड्न खोजेको गौतमको भनाइ छ । ‘स्वायत्त एनसीसीको कार्यक्रममा जापानमा पुगेर एनसीसीलाई नै विभाजित गराउन उनी लागेको देखिन्छ’, उनले भने ।
यस्तै केसी पक्षका अभियन्ताहरुले भने आफूहरु नै आधिकारिक रहेको र एनआरएनए जापानको कार्यक्रममा जानु स्वाभाविक भएको बताएको छ । केसीसहित रोजिना राई र कृष्ण तिमल्सिना सो समूहबाट जापान गएका छन् ।
यता केही दिनअघि बेलायतबाट फर्किएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले एकताको विकल्प नभएको बताउँदै बेलायतमा पनि यस्तै भावना पाएको बताएका छन् । उनले एनआरएनएमा कसैले एकपक्षीय ढंगले अघि बढ्न खोज्छ भने उसको हिसाबकिताव अभियन्ताले गर्ने बताए ।
एनआरएनएको तीन समूहलाई मिलाउन घलेले पहिलो बैठक राखिसकेका छन् भने थप प्रक्रिया अघि बढाउन गतिविधिहरु गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए