काठमाडौँ । नेपाली काँग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरू खटाएको छ ।
बुधबार बसेको काँग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १० नेताको जिम्मेवारी तोकेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिनालाई बागमतीमा, भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ ।
त्यस्तै सुदूरपश्चिममा नेता एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाल, अन्तरपार्टी समन्वय गर्न डा। प्रकाशशरण महत, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ ।
यी नेताहरुले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारहरिलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिसँग समन्वय र सहजीकरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?