काठमाडौँ । नेपाली काँग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरू खटाएको छ ।
बुधबार बसेको काँग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १० नेताको जिम्मेवारी तोकेको हो ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिनालाई बागमतीमा, भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ ।
त्यस्तै सुदूरपश्चिममा नेता एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाल, अन्तरपार्टी समन्वय गर्न डा। प्रकाशशरण महत, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ ।
यी नेताहरुले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारहरिलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिसँग समन्वय र सहजीकरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान दिवस मनाउन ७७ वटै जिल्लामा सर्कुलर गरेका छौं : कांग्रेस
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल