काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।
जसअनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार आएर सुनको मूल्य १ लाख ६२ हजार नजिक पुगेको हो ।
मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो ।यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३८ हजार ७२० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असोज २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो
तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुदैँछ कारोबार?