काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको दाबी गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सदस्यसमेत रहेका खनालले अहिले लामिछानेबारे मिडियामा आइरहेका कुरामा कुनै सत्यता नरहेको बताए ।
‘सहकारीबाट रवि लामिछानेको नाममा अथवा उहाँको प्रत्यक्ष संलग्नतामा कतै पनि रकम प्रवाह भएको देखिएन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै खनालले भने ।समितिले आज प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदन हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि नेता खनालले बताए । लामिछाने गोर्खा मिडियामा रहँदा उनीसहितको संयुक्त बैंक खातामा पैसा आएको भन्ने विषयलाई प्रष्ट पार्दै उनले यसलाई नौलो मान्न नहुने बताए । रवि लामिछाने, जिबी राई र छविलाल जोशी मिलेर कुनै कम्पनी खोलेको खण्डमा संयुक्त बैंक खाता रहेको विषयलाई अतिरञ्जित गर्न नहुने उनको भनाइ छ ।
सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन भन्ने कुरामा समितिका सबै सदस्यहरु सहमत रहेको उनको दाबी छ । नेता खनालले सहकारीबाट गोर्खा मिडियामा रकम आइसकेपछि उत्तरदायित्व बहन गर्नुपर्ने ठाउँमा कस्तो किसिमको उत्तरदायित्व कायम हुने हो भन्ने विषय थप छलफल गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध
समानुपातिक सूचीप्रति रास्वपा कोशी कार्यवाहक अध्यक्षको असन्तुष्टि