काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा रूपमा प्रस्तुत भएका छन् ।
आइतबार ओलीको गृह जिल्ला झापा पुगेर प्रचण्डले उनलाई सुधार्न आफूले धेरै कोसिस गरेपनि सम्भव नभएको बताए । बिर्तामोडमा आयोजित स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा प्रचण्डले गलत विचार र प्रवृत्तिविरुद्ध झापाबाट नै फेरि विद्रोह होस् भन्दै आफूले चाहेको बताए । उनले ओलीमा विचार नै गलत रहेको बताए ।
‘मैले स्वच्छ मनले एमालेको नेतृत्वलाई सुधार्न निकै कोसिस गरेँ । पहिला पनि मेरो मनसाय राम्रो थियो । मिलेर चुनाव लड्ने प्रस्ताव मैले राखेँ । पार्टी एकता गरौँ भनेर प्रस्ताव राखेँ’, प्रचण्डले भने, ‘वास्तवमा एमालेकै कारण संविधान पनि मिच्ने र दलालसँग मिलेर पार्टीभित्र नै अन्तर्घात गर्ने स्थिति देखिएकै थियो । अहिले बदलिएको परिस्थितिमा वामपन्थी मिल्दा नै जनमत बढ्ने देखेर समीकरण बनाएको झन् धेरै घात भयो । त्यस कारण त्यो सम्भव हुने देखिएन । तर त्यसको नेतृत्व यति धेरै विचलित भइसकेको, यति धेरै बुर्जुवाकरण भएको, यति धेरै दलालहरूसँग जोडिएको गधालाई धोएर गाई नभएको जस्तो भयो’, ‘अब गलत प्रवृत्ति, विचार र संस्कारविरुद्ध विद्रोह झापाबाट नै होस् भन्ने मैले चाहेको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य
सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’