काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि बारे छलफल हुने बताइएको छ । साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिने, राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिकामा छलफल हुने र राष्ट्रिय भेलाको हालसम्मको तयारीका बारे पनि छलफल हुने झाले बताए ।
बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
महाधिवेशनपछि पनि रास्वपा अन्योलमै : सामाजिक लोकतन्त्रको दाबी, संघीयता र संविधानमा अस्पष्टता
रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी
रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी, ९ बजे नामावली प्रकाशन गरिने