काठमाडौँ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले उपसभापतिको विषयमा कांग्रेसको धारणा क्लियर रहेको बताए।
उनले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ। तर, नक्कली डिभोर्सको कुरा उठ्यो। डिभोर्स पनि कहिँ नक्कली हुन्छरु कानून बमोजिम भएको कुरा नक्कली हुँदैन। उहाँले कानूनी रुपमा डिभोर्स गरेपछि उहाँको कुरा हुन्छ हुँदैन हेर्ने बिषय हुन्छन्। डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’
उनले उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?