काठमाडौँ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि छानबिन गराउन तयार रहेको बताएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले उपसभापतिको विषयमा कांग्रेसको धारणा क्लियर रहेको बताए।
उनले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ। तर, नक्कली डिभोर्सको कुरा उठ्यो। डिभोर्स पनि कहिँ नक्कली हुन्छरु कानून बमोजिम भएको कुरा नक्कली हुँदैन। उहाँले कानूनी रुपमा डिभोर्स गरेपछि उहाँको कुरा हुन्छ हुँदैन हेर्ने बिषय हुन्छन्। डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’
उनले उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरुले धारणा राख्ने
फागुन २१ को चुनाव वैशाखमा सार्न काँग्रेस बैठकमा प्रस्ताव
कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि समसामयिक राजनीतिक विषयमा नेताहरुले धारणा राख्ने
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक आज, बिहान कार्यसम्पादन समितिको बैठक बस्दै
काँग्रेसका कृष्णप्रसाद यादवद्वारा मुख्यमन्त्रीमा दाबी पेस