हानोई । शक्तिशाली ताइफुका कारण भियतनाममा चार जनाको मृत्यु भएको छ । ताइफुले ताइवानको उत्तरी हिस्सालाई सबैभन्दा धेरै प्रभावित पारेको छ । यागीलाई यस वर्षको सबैभन्दा शक्तिशाली ताइफु भनिएको छ । ताइफुका कारण कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।
इन्डो–प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान ताइफु करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिले ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो । शक्तिशाली आँधीका कारण उडेको धुलोले भवनका झ्याल र सवारी साधनमा समेत क्षति पुगेको छ ।
हनोईमा धेरै रुखहरू ढलेको र बिजुलीको पोल ढल्दा विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ । ताइवानको उत्तरी राज्य क्वाङ निहमा मात्रै ताइफुका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ । सोही क्षेत्रमा कयौं मछुवाराहरू हराइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु