हानोई । शक्तिशाली ताइफुका कारण भियतनाममा चार जनाको मृत्यु भएको छ । ताइफुले ताइवानको उत्तरी हिस्सालाई सबैभन्दा धेरै प्रभावित पारेको छ । यागीलाई यस वर्षको सबैभन्दा शक्तिशाली ताइफु भनिएको छ । ताइफुका कारण कम्तिमा ७८ जना घाइते भएको बताइएको छ ।
इन्डो–प्यासिफिक ट्रपिकल चक्रवात चेतावनी केन्द्रका अनुसार शनिबार बिहान ताइफु करिब २०३ किलोमिटर प्रतिघण्टाको गतिले ताइवानको हाइ फोङ र क्वाङ निह राज्यमा पुगेको थियो । शक्तिशाली आँधीका कारण उडेको धुलोले भवनका झ्याल र सवारी साधनमा समेत क्षति पुगेको छ ।
हनोईमा धेरै रुखहरू ढलेको र बिजुलीको पोल ढल्दा विद्युत आपूर्तिमा पनि समस्या देखिएको छ । ताइवानको उत्तरी राज्य क्वाङ निहमा मात्रै ताइफुका कारण तीन जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हनोई नजिकैको हाइ दुआङमा एक जनाको मृत्यु भएको छ । सोही क्षेत्रमा कयौं मछुवाराहरू हराइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु