काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । विश्व बजारमा नै सुनको मूल्य लगातार उकालो लागिरहँदा नेपालमा पनि आईतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार गएको हप्ताको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ पुगेको छ । यअसघि शुक्रबार प्रतितोला १७ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज एकैदिन ५० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ भदौ २०८१, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?