बाढीले लघुजलविद्युत आयोजनामा क्षति, गोरखाको चुम्चेतमा विद्युत् अवरुद्ध

रासस

सोमबार, १४ साउन २०८१, १३ : २३
बाढीले लघुजलविद्युत आयोजनामा क्षति, गोरखाको चुम्चेतमा विद्युत् अवरुद्ध

काठमाडौँ । बर्षाका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्लिङस्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । ७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिबार रातिको बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष सरोज लामाले बताए ।

सो क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको र चुम्चेतको लोक्पा गाउँबाहेक वडाका सबै गाउँ अहिले अन्धकार बनेको लामाले बताए । २०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । आयोजनाबाट वडा नम्बर ६ का करिब २५० घरधुरीले बिजुली बाल्दै आएका थिए ।

कुदारीमार्फत नै मर्मत गर्नुपर्ने भएकाले केही समय लाग्ने वडाध्यक्ष लामाले बताए । विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस