गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन् । गत असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका-८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन ।
स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रुपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन् । बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रशारणको लाइन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए ।
यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कल गर्न सुरु गरेको उनको भनाइ छ । बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्को नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए ।
नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिकका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजार भन्दाबढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।
उक्त क्षेत्रमा परोपकार लघुजलविद्युत्बाट एक सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युत्बाट ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ । स्थानीयले उपभोग गर्दै आएको विद्युत् सेवा बन्द भएपछि त्यस क्षेत्रका नागरिकलाई मोबाइल चार्ज गर्नेदेखि अन्य सञ्चार र उद्योग उपकरण सञ्चालनमा थप समस्या उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ साउन २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
यी जिल्लामा आज बाढी र पहिरोको जोखिम
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल
हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’