काठमाडौँ । राष्ट्रिय सभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गरे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए । त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद शारदादेवी भट्टले प्रयोग गरेको शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिए ।
सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गर्नुभएका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरीत भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही साउन ७ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता