काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ साउन २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?