उदयपुर । गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन्। गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ असार २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी