नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सफल खबर संवाददाता

शनिबार, ०८ असार २०८१, ११ : १३
नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुई तर्फी  अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुई तर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 

 

प्रतिक्रिया दिनुहोस