सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, ११ : ०८
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?

काठमाडौँ । आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो पनि यही मूल्य थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ । सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।