काठमाडौँ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्दै आएको छ ।
यस पटक संसदमा नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे ।
उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्ष कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ । यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र