काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् । सरकारले दुई पटकसम्म सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।
विभिन्न सहकारीबाट पीडित भएको सहकारीका बचतकर्ताले सहकारीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको मागसहित आन्दोलनमा सहभागी भएका छन् ।यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचतकर्ताले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी पीडितले माइतीघरमा अर्धनग्न प्रदर्शन
माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश
रास्वपाको प्रदर्शनपछि सहकारी पीडित पनि सडकमा, रविलाई पक्राउ गर्न माग
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन