तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, ११ : २४
तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले घट्दै १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।