काठमाडौँ । जनता समाजवादी पार्टीले नेता, कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जसपाले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले अल्पकालीन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरूलाई मात्र जनता समाजवादी पार्टी,नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र स्थगित गरेको स्पष्ट पारेको छ।
जनता समाजवादी पार्टीमा सनाखत गरी सकेका संघीय सांसद, प्रदेश सांसद तथा जनप्रतिनिधिहरूलाई काम गर्न बन्देज नलगाएको बताउँदै पार्टीको सम्पूर्ण काम संविधानले दिएका समिति निर्माण, भेला, सम्मेलन, पार्टी समिति रूपान्तरण गर्ने जस्ता संगठानिक काम गर्न जनता समाजवादी पार्टीका महासचिव मो. ईस्तियाक राईले आफ्ना कार्यकर्तालाई एक विज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
पार्टीका महासचिव मो। ईस्तियाक राईद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भई प्रमाण जारी भएको र सम्मानित सर्वोच्च अदालतबाट न्याय निरूपण हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल