सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

सफल खबर संवाददाता

मंगलबार, ०८ जेठ २०८१, २० : १९
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन  : शेखर कोइराला

काठमाडौँ । काँग्रेस नेता डा. शेखर कोइरालाले प्रतिशोध साध्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको बताएका छन् । 

‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीले सही र गलत छुट्टाउनेमा विश्वस्त छु ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ ।