सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १३ : ०८
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । आज मंगलबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ छ । हिजो सोमबार चाँदीको मूल्य १७ सय १५ रुपैयाँ थियो । यो तोलामा २५ रुपैयाँको वृद्धि हो ।