विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १२ : ४०
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।

 

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए ।जसपा गत आइतबार विभाजित भएको थियो । अशोक राईको नेतृत्वमा पार्टी फुटेको थियो ।

प्रतिक्रिया दिनुहोस